लामाचौर तीज महोत्सव: अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनलमा

पाेखरा | भदौ ८, २०८२

लामाचौर तीज महोत्सव: अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनलमा

पोखरा:  लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् । 


आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । 


यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । उसले दोस्रो र तेस्रो सेट समान २५–१९ मा जित्न सफल भयो । 


टप्सले पहिलो चरणमा पश्चिमाञ्चल र दोस्रो चरणमा बालमन्दिरलाई हराउँदा शान्तले प्रतिभा र केफ माविलाई पराजित गर्दै विजयी यात्रा जारी राखेका छन् । 


यसैबीच, पहिलो सेमिफाइनलमा टप्सले पास आउट खेलाडी हालेको भनी प्रोटेस्ट परेकामा छानबिनमा त्यस्तो नपाइएको नेपाल भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङले प्रष्ट पारे । 


फाइनल महोत्सव अन्तिम दिन भदौ १० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टिमले भाग लिएका थिए । पोखरा एक्सपर्ट एजुकेशसन लामाचौर कप अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । 


साथै, विधागत उत्कृष्टलाई आकर्षण पुरस्कार छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो । 


इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । महोत्सवको आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् ।

पोखरा:  अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।   विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

थप पढ्नुहोस्

मुस्ताङ: मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सु...

थप पढ्नुहोस्

काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक तोला स...

थप पढ्नुहोस्